काठमाण्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको हो । 

शुक्रबार फाइनगोल्डको मूल्य प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको हो । बिहीबारको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ  रहेको थियो । 

यस्तै, स्ट्याण्डर्ड गोल्डको मूल्य प्रतितोला १ लाख १० हजार २५० कायम भएको छ । बिहीबार १ लाख ११ हजार ५० रुपैयाँ रहेको थियो । 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ कायम भएको हो । बिहीबार १ हजार ४३० रुपैयाँ रहेको थियो ।