काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आइतबार नयाँ रेडर्क चुमेको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार सुनको भाउमा प्रतितोला रु ५०० बढेर रु. ६६ हजार ३०० पुगेपछि नेपाली बजारमा यो मूल्य अहिलेसम्म सबैभन्दा उचाइमा पुगेको हो । सुनको भाउ शुक्रबार प्रतितोला रु. ६५ हजार ८०० पुगेको थियो । 

नेपाली बजारमा आइतबार छापावाला सुन प्रतितोला रु ६६ हजार ३०० मा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला रु ६६ हजारमा कारोबार भइरहेको छ । 

नेपाली बजारमा बिहीबार छापावाला सुन प्रतितोला रु ६५ हजारमा करोबार भएकोमा शुक्रबार एकैपटक रु ८०० ले बढेको थियो । 

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा त्यसको प्रभाव परिरहेको हो ।