काठमाण्डौ । चौथो कारोबार दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबार तुलनामा आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेर प्रतितोला छापापाल सुन ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ३०० र तेजाबी ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो । कारोबार पहिलो दिन आइतबार र सोमबार भने सुनको भाउ समान प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँ रहेको थियो ।

चाँदीको भाउ भने बुधबार एकैदिन तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८८० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ मंगलबार भने प्रतितोला ८९५ रुपैयाँ रहेको थियो ।