काठमाण्डौ। लगातार घटिरहेको सुनको भाउ बिहीबार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ पुगेको छ। 

हिजो बुधबार तोलामा ४०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९६ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन मंगलबार सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो। 

गत सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। त्यस दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको पहिलो आइतबार पनि सुनको भाउ तोलामै ४०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै चाँदीको भाउ तोलाको १ हजार ३४५ रुपैयाँ पुगेको छ। हिजो तोलामा १० रुपैयाँ घट्दै चाँदीको भाउ १ हजार ३१० रुपैयाँमा झरेको थियो।