काठमाण्डौ । सुनको भाउ आज मंगलबार पनि घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ८०० रुपैयाँ र ९५ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ६०० रुपैयाँ कायम भएको थियो। 

यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो। योसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९६ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ६०० रुपैयाँ भएको थियो।

आज चाँदीको १० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँ भएको छ। हिजो चाँदीको भाउ स्थिर रहँदै १ हजार ३२० रुपैयाँ कायम भएको थियो।