काठमाण्डौ । सुनको भाउमा लगातार आइरहेको गिरावटमा आज शुक्रबार ब्रेक लाग्दै बढोत्तरी भएको छ।
यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामै ८०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सुनको भाउ तोलामै गत मंगलबार १ हजार ७०० रुपैयाँ र बुधबार १ हजार २०० रुपैयाँले घटेको थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार भने तोलामा २०० रुपैयाँले बढेको थियो।
समग्रमा यो साताभरि सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटेको छ।
गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि ४० रुपैयाँले बढ्दै प्रतितोला १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार तोलामै ७० रुपैयाँको गिरावट आउँदै चाँदीको भाउ १ हजार १२० रुपैयाँमा झरेको थियो।
यो साताभरि चाँदीको भाउ तोलामै १७० रुपैयाँको गिरावट आएको छ।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago