काठमाण्डौ । नेपाली बजारमा आज बुधबार फेरि सुनको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
गत सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो गिरावटसँगै हिजो फाइन गोल्ड प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार भने सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। योसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज बुधबार चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago