काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा २०० रुपैयाँको गिरावट आएको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।
दसैँ बिदापछि हिजो बिहीबारबाट सुनको कारोबार खुलेको थियो। हिजो पनि सुनको भाउ तोलामै १ हजार रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज शुक्रबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १८० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार तोलामा ५० रुपैयाँले घट्दै चाँदीको भाउ १ हजार १८० रुपैयाँ कायम भएको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago