काठमाण्डौ । लगातार उकालो लागिरहेको सुनको भाउ आज बिहीबार ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले ओरालो लागेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

गत मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

साताको दोस्रो सोमबार भने सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

गत आइतबार सुनको भाउ तोलामै ५०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायममा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २१० रुपैयाँ कायम भएको छ। 

हिजो चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको थियो।