काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि सुनको भाउ उकालो लाग्ने क्रम जारी रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले उकालो लागेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९७ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि १० रुपैयाँले उकालो लागेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार २८५ रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि चाँदीको भाउ २० रुपैयाँले बढ्दै तोलाको १ हजार २७५ रुपैयाँमा भएको थियो।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago