काठमाण्डौ। सुनको भाउमा लगातार आइरहेको गिरावटमा आज बिहीबार ब्रेक लागेको छ। आज सुनको भाउ स्थिर बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामै १ हजार रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

गत मंगलबार तोलाम १ हजार ८०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको थियो। गत आइतबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँको बढोत्तरी भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार १७५ रुपैयाँ नै कायम भएको छ। हिजो बुधबार चाँदीको भाउ ५ रुपैयाँ घटेको थियो भने मंगलबार ३० रुपैयाँले ओरालो लागेको थियो।