काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज बिहीबार भने ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ झरेको छ।

हिजो बुधबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

पहिलो दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामा ८०० रुपैयाँ र मंगलबार १ हजार १०० रुपैयाँले बढेको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ। योसँग आज चाँदी प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार चाँदीको भाउ ५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको थियो। गत आइतबार स्थिरत रहेको चाँदीको भाउ सोमबार तोलामा २५ रुपैयाँ र मंगलबार १० रुपैयाँले बढेको थियो।