काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ आज मंगलबार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ। आज प्रतितोला चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। 

साताको पहिलो दिन आइतबार १५ रुपैयाँले उकालो लागेको चाँदीको भाउ सोमबार पनि तोलामा ५ रुपैयाँ बढेको थियो।