काठमाण्डौ । गत साता लगातार ओरालो लागेको सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ८०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँ कायम भएको छ।
गत साता शुक्रबार सुनको भाउ तोलामै १ हजार रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
गत साताभरि सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले ओारालो लागेको थियो।
आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ३० रुपैयाँ घटेर चाँदी १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो।
गत साताभरि चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो।
14 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
4 hours ago