काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा झरेको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँ पुगेको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।