काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ यो साताको पहिलो दिन आइतबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार भार स्थिर रहँदै चाँदी १ हजार १९० रुपैयाँमा किनबेच भएको थियो।