काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। 

हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो।