काठमाण्डौ । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै आज प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर ९९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले घटेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।