काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा फेरबदल भएको छैन। आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।