काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज सोमबार पनि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।