काठमाण्डौ । हिजो स्थिर रहेको सुनको भाउ आज मंगलबार उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६५० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ स्थिर रहेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। यो हिसाबले यो साता २ दिनमै सुनको भाउ तोलामा १ हजार ९०० रुपैयाँले बढेको छ। 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो। गत आइतबार भने चाँदीको भाउ तोलामै २५ रुपैयाँ बढेको थियो।