काठमाण्डौ । सुन खरीदको खुशी तथा उत्साहमा हामी साना–साना गल्ती गर्छौ र पछि पछुताउँछौ । त्यसो भने आउनुहोस् ती गल्तीहरुको बिषयमा चर्चा गरौं, ताकि समयमै यस्तो गल्तीबाट बच्न सकियोस् । 

१. सुनको सिक्का गलत समयमा खरीद गर्नु
सुनको सिक्का खरीद गर्नुको तपाईको मुख्य उद्देश्य सिधा रुपमा लगानीसँग जोडिएको हुन्छ । आफूले कमाएको पैसा सुनको सिक्का खरीदमा लगानी गर्न चाहनुुहुन्छ । त्यसकारण यस्ता सिक्का खरीद गर्ने बेलामा जोशको साटो त्यसबाट रिटर्न आउँछ कि आउँदैन, भाउ कत्तिको बढ्छ भन्ने बिषयमा ध्यान दिनुपर्छ । यसका लागि सुनको मूल्य निश्चित समयको दौरानमा तल्लो स्तरमा आएको अवस्था नै उपयुक्त हुन्छ । भाउ निकै घटेर तल आएको बेला सुनको सिक्का किनेमा मात्र यसले राम्रो रिटर्न दिनसक्छ । 

२.थोरै खर्च गर्नु
सुन खरीद गरिरहँदा तपाईले यो भूल्न हुँदैन कि यो सम्पत्ति लगातार कुनै लाभांश वा पैसा दिने सेयरजस्तो वस्तु होइन । अर्थात, सुनमा लगानी गरिएको पैसाले कुनै पनि खालको नियमित आम्दानी दिंदैन, सेयरमा जस्तो । यसकारण तपाईको कुल लगानीको ५ प्रतिशतको सीमाभित्र मात्र सुन खरीदमा लगानी गर्नु बुद्धिमानी हुन्छ । 

३.गलत ठाउँबाट खरिद
सुनका कुनै पनि नयाँ लगानीकर्ताका लागि यो सबैभन्दा सामान्य गल्ती हो । यदि तपाईलाई कमल बुलियन सिक्का कस्तो हुन्छ भन्ने कुराको राम्रो ज्ञान छैन भने तपाई सुन खरीदको नाममा ठगिने संभावना प्रवल रहन्छ । यसकारण सिक्का सधैं विश्वसनीय दोकानबाट खरीद गर्नुपर्ने हुन्छ । त्यस्तै, सुन किन्दा हलमार्कको चिन्ह भएको नै रोज्नुपर्ने हुन्छ । साना सुन दोकानेहरुसँग हलमार्क चिन्ह भएको सुन नहुन पनि सक्छ । यही कारण यस्ता पसलमा धोकाधडीको संभावना प्रवल रहन्छ । 

४.आवश्यकतामा  फोकस हुुनु
यदि तपाई लगानीको उद्देश्यले सुन खरीद गरिरहनुुभएको छ भने तपाईले आफ्नो आवश्यकतामा फोकस हुनुपर्छ । पहिला बजारलाई बुुझ्नुुहोस र आफ्नो लगानीको योजनामा अडिग रहनुुहोस्, टिकिरहनुुहोस् । कयौ अवस्थामा मानिस साथीभाई तथा आफन्तलाई देखाउन वा प्रभावित गर्नका लागि मात्रै सुनको खरीद गर्छन्, जुन गलत शैली हो । यस्तो बानीले तपाईको बजेट खलबलिन सक्छ र गोजी टाट पल्टिन सक्छ । 

५.मूल्यको बिषयमा जानकारी नहुनु
कतिपय अवस्थामा ग्राहकहरुले बजारको वास्तविक मूल्य नै थाहा नपाई सुन खरीद गर्ने गल्ती गरिरहेका हुन्छन् । यस्तो गल्ती कहिल्यै नगर्नु । यसबाट तपाईको खर्च बढी हुन्छ र तपाईले सही मूल्य समेत पाउन सक्नुुहुन्न । 

६.चाँदीलाई हेला गर्ने बानी
जब सुनको मूल्य निकै उच्च हुन्छ, त्यस्तो बेलामा चाँदीको सिक्का खरीद गर्नु बुद्धिमानी हुन्छ । चाँदीको मूल्य समेत बढिरहेको छ भने यसले खरीद गरेको केही समयपछि राम्रो रिटर्न दिनसक्छ । यो बिषयमा पनि ध्यान दिनुपर्छ । सुनले मात्र होइन, चाँदीको लगानीले पनि फाइदा गर्छ भन्ने कुरा बुुझ्नुुपर्छ ।