काठमाण्डौ । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी रोहन अडुकिया शुक्रबार पक्राउ परेका छन्। उनी व्यापारी राजेश अकुडियाका छोरा हुन्।
भारतको नयाँदिल्लीबाट काठमाण्डौ फर्किएका अडुकिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका अडुकियालाई राजश्व अनुसन्धान विभागलाई बुझाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
यसअघि यो प्रकरणको अनुसन्धानका क्रममा राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा पनि मारेको थियो।
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago