काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ।

हिजो पनि सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ८६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

समग्रमा यो साताभरि सुनको भाउ १ हजार १०० रुपैयाँले बढेको छ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ बढेर १ हजार २४० रुपैयाँ कायम भएको छ। हिजो तोलामै १५ रुपैयाँ बढेर चाँदी १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो। यो साताभरि चाँदीको भाउ भने तोलामा १० रुपैयाँमात्रै बढेको छ।