काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज सोमबार तोलाको ९२ हजार रुपैयाँ पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा १०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि १५ रुपैयाँले उकालो लागेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेको चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।