काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो।