काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ साताको अन्तिम कारोबार दिन शुक्रबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८८ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँ घटेर चाँदी १ हजार १२० रुपैयाँमा किनबेच भएको थियो। 

यो साताभरि भने सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।