काठमाण्डौँ । नेपाली बजारमा बुधबार सुन तोलामा फेरि एकैदिन १ हजार रुपैयाँले बढेर दोस्रोपटक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला छावाला सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ कायम भएको छ । सुनको यो भाउ अहिलेसम्म उच्च हो । भदौ ९ गते पनि प्रतितोला छापावाल सुन ७३ हजार ५०० र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसअघि मंगलबार प्रतितोला सुन छापावाल ७२ हजार ५०० र तेजाबी सुन ७२ हजार २०० रुपैयाँ रहेको थियो ।