काठमाण्डौ । कारोबारको दोस्रो दिन सोमबार सुन तोलामा रु २०० ले बढेको छ ।

कारोबारको पहिलो दिन आइतबार तालामा रु ५०० ले घटेको सुनको भाउ फेरि उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा रु २०० ले बढेर प्रतितोला छापावाल सुन रु ७१ हजार ७०० र तेजाबी रु ७१ हजार ४०० कायम भएको छ । आइतबार प्रतितोला छापावाल सुन रु ७१ हजार ५०० र तेजाबी रु. ७१ हजार २०० मा कारोबार भएको थियो ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा एकैदिन रु १ हजार ४०० ले घटेर प्रतितोला छापावल सुन ७२ हजार रुपैयाँ र तेजाबी सुन ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।