काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३०० रुपैयाँ किनबेच भएको थियो।