काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ आज बिहीबार उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँमा र तोजाबी गोल्ड ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ १५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।