काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेर १ हजार १८० रुपैयाँमा झरेको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।