काठमाण्डौ । लगातार २ दिन बढेको सुनको भाउ आज बिहीबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार १५० रुपैयाँ कायम भएको छ। 

हिजो बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार १६५ रुपैयाँमा किनबेच भएको थियो।