काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बिहीबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँ पुगेको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको थियो। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर १ हजार ३१० रुपैयाँ पुगेको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।