काठमाण्डौ । नेपाली बजारमा कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा रु. ४०० ले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोला रु. ४०० ले बढेर प्रतितोला छापावाल सुन रु ७२ हजार पुगेको छ भने तेजाबी सुन रु. ७१ हजार ७०० मा कारोबार भइरहेको छ ।

हिजो सोमबार प्रतितोला छापावाल सुन रु. ७१ हजार ६०० र तेजाबी सुन रु. ७१ हजार ३०० मा कारोबार भएको थियो ।

सोमबार सुन तोलामा रु. २०० ले घटेको थियो । कारोबार पहिलो दिन आइतबार प्रतितोला छापावाल सुन रु. ७१ हजार ८०० र तेजाबी सुन रु. ७१ हजार ५०० मा कारोबार भएको थियो ।

यता चाँदीको भाउ पनि मंगलबार तोलामा रु. १० ले बढेर प्रतितोला ८६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ आइतबार र सोमबार क्रमशः प्रतितोला ८५५ र ८५० रुपैयाँ कायम भएको थियो ।