काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको भाउ एकैदिन २ हजार ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यो साता दुई दिनमै सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटिसकेको छ।
आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि चाँदीको भाउ तोलामै ६० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको छ।
यो दुई दिनमा चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँ घटिसकेको छ।
8 minutes ago
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago