काठमाण्डौ । घाम पावर नेपालले विकास गरेको सुपर कृषक एपले हालै ‘कृषि चिना’ र ‘कृषि डाक्टर’ सुविधा ल्याएको छ। यो लगायत एपमा अन्य थुप्रै सुविधा छन्।
सुपर कृषक एप प्रयोगकर्ताले विविध उपयोगी सेवा पनि एपमार्फत लिन सक्नेछन्।
परम्परागत खेती प्रणालीले जरो गाडेको नेपालमा कृषिसँग सम्बन्धित विभिन्न समस्या सहज ढंगले निवारण गर्न सुपर कृषक एपले विगत डेढ वर्षदेखि नवीनतम प्रविधिका माध्यमबाट गरिहेको छ। साना किसान, व्यावसायिक कृषक, कृषिका विद्यार्थी, कृषि उद्दमीलगायत कृषि अनुसन्धान कर्ता र प्राविधिकलाई कृषि कार्यमा सहजीकरण, समस्याको समाधान र ज्ञानको वृद्धि गर्ने उद्देश्य बोकेर देशभरमा यो एपले सेवा प्रवाह गर्दै आइरहेको छ।
नेपाली भाषा प्रयोग भएकोले यस डिजिटल एपलाई किसानले सजिलैसँग प्रयोग गर्न सक्छन्। यो एपले अहिलेसम्म १० हजारभन्दा बढी कृषि सरोकारवालालाई सेवा प्रदान गर्दै आइरहेको छ। विभिन्न नयाँ सुविधाको आगमनसँगै एपमा कम्पनीले सेवा प्रवाहको दायरा फराकिलो बनाउँदै गइरहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago