ललितपुर । ‘राम्रो र सुुरक्षित इन्टरनेटको लागि साथसाथ’ नाराका साथ यही माघ २४ गते नेपालमा र विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस २०२३ मनाइँदैछ। 

यस दिवसले बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यापारिक कम्पनी, सरकार र नीति निर्मातालाई राम्रो इन्टरनेट सिर्जना गर्नका लागि मद्दत गर्न एकजूट हुन आह्वान गर्दछ। बालबालिका तथा युवावर्गका लागि सुरक्षित इन्टरनेटका लागि कार्यरत संस्था चाइल्डसेफनेटद्वारा सन् २०१९ देखि नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्धन गर्दै आएको छ। 

यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरु, विद्यालयहरु, अभिभावकहरु, सामाजिक संस्थाहरुका साथै बालबालिका तथा युवाहरुले निर्वाह गर्नु पर्नेे भूमिकाबारे जानकारी प्रदान गर्ने अवसर उपलब्ध गराउँदछ। 

चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले भने, ‘यो दिवसले प्रविधिको सकारात्मक प्रयोगलाई बढाउन र बालबालिका र युवाका लागि राम्रो र सुरक्षित अनलाइन वातावरण बनाउन मद्दत गर्दछ।’

बालबालिका र युवालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार भएकाले अनलाइन बाल सुरक्षा सरकार, नीति निर्माता, प्रहरी, अभिभावक, स्कूल, व्यापारिक कम्पनी र सामाजिक संस्थाहरुका साथै सबै सरोकारवाला तथा जिम्मेवार निकायहरुको प्राथमिकतामा पर्नुु पर्दछ भनि रघुवंशी बताउँछन्। 

बालबालिका र युवाले प्रविधिको अधिकतम प्रयोग गर्ने भएकाले इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरुलाई अनलाइन यौन दुव्र्यवहार र शोषण, साइबरबुलिङ, साइबर ग्रुमिङ, फिसिङ र सेक्सटोर्सन जस्ता गम्भीर जोखिममा पार्दछ। आमा–बुुवाको मार्गदर्शन र शिक्षाले बालबालिकालाई प्रविधिलाई जिम्मेवारीपूर्वक, सम्मानपूर्वक र रचनात्मक रुपमा प्रयोग गर्न सघाउँदछ। त्यसैले अभिभावक, सरकार, विद्यालय, निजी क्षेत्र, सञ्चारमाध्यम, गैरसरकारी संघसंस्था र सबै जिम्मेवार निकायहरुले बालबालिकालाई अनलाइन पनि सुुरक्षित राख्न समयमैै उपयुुक्त कदम चाल्नु आवश्यक छ। 

कोभिड–१९ विश्व महामारी पछि विश्वव्यापी रुपमा अनलाइन बाल यौन दुर्व्यवहार र शोषणका घटनामा ठूलो वृद्धि भएको छ।

अमेरिकाको नेसनल सेन्टर फर एक्सप्ल्वाइटेड एन्ड मिसिङ चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३ हजार २६६ वटा नेपाली बालबालिकाका यौन दुव्र्यवहारका चित्रहरुकोे साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए। सन् २०२१ मा ४१५ प्रतिशतले वृद्धि भएर नेपाली बालबालिकाका साइबरटिप्लाइन रिपोर्टको संख्या २ लाख ६३ हजार १३० पुगेको छ।

यसबाहेक चाइल्डसेफनेट र युनिसेफको अध्ययनअनुसार नेपालमा पोर्नोग्राफिक साइटहरुमा सरकारले लगाएको प्रतिवन्ध पछि पनि दुईजनामा एकजना किशोर वा नवयुवक र तीनजनामा एकजना किशोरी वा नवयुवतीले अनलाइनमा यौनजन्य सामग्री हेर्ने गरेको पाइएको छ।

यस वषर्, सुरक्षित इन्टरनेट दिवस माघ २४ मा मनाइएता पनि अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु वर्षैभरि सञ्चालन गरिनेछन्। चाइल्डसेफनेट र सहकर्मी संस्थाहरुले देशका विभिन्न भागमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन गर्नेछन्।