काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तारलाई तीव्रता दिइरहेको छ। यसै सिलसिलामा बैंकले सुर्खेतको बराहताल गाउँपालिका तरंगामा १०८ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। 

उक्त सेवा सञ्चालनका लागि बैंकले स्थानीय व्यवसायी टेकबहादुर कठायतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ। यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०८ वटा शाखारहित बैंकिङ इकाइबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।