काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।
काठमाण्डौको होटेल याक एन्ड यतीमा एक कार्यक्रमबीच सूर्या र ज्योति लाइफले आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै कम्पनीका अध्यक्षले हस्ताक्षर गरेका छन्। यी दुवै कम्पनीबीच १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ।
दुवै कम्पनीको मर्जर समितिले गरेको डीडीएका आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्नेछ।
मर्जरपछि कम्पनीको चुक्तापुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ। हाल सूर्या लाइफको चुक्तापुँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ।
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago