काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको गत मंगलबार सम्पन्न बैठकले वार्षिक साधारणसभा माघ १० गते विराटनगरको बजरंगबलीमार्गस्थित होटेल हैरिसन प्यालेसमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ।

सभाले आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिएको कुल कुल १०.५२६ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र बाँकी ५.५२६ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्। 

सोही सभाले हाल कायम संस्थापक समूहअन्तर्गत ७० र सर्वसाधारण समूहअन्तर्गत ३० प्रतिशत सेयर संरचनालाई परिवर्तन गरी संस्थापक समूहको ६० र सर्वसाधारण समूहको ४० प्रतिशत कायम हुने गरी सेयर संरचना परिवर्तनको प्रस्ताव पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभाका लागि कम्पनीले यही पुस १७ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १६ गतेसम्म कामय सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।