काठमाण्डौ । सूूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ छलाङ मारेको छ । 

यो कम्पनीले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २३ लाख खूद नाफा आर्जन गरेकोमा त्यसलाई बढाएर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २२ लाखको उचाईमा पुुर्याएको हो । 

समीक्षा अवधिमा यो कम्प्नीले जगेडा कोष र जीवन बिमा कोषलाई पनि थप सशक्त बनाएको छ । अघिल्लो त्रैमाससम्म २० करोड २७ लाख रहेको जगेडा कोषमा ३७ करोड ८१ लाख रकम जम्मा भएको छ भने १ अर्र्ब  ८५ करोडमा सीमित जीवन बिमा कोष बढेर २ अर्ब ७१ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा सूूर्या लाइफले ७२ करोड ६४ लाख खूद बिमा शुल्कबाट आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ४२ करोड ८३ लाख मात्र बिमा शुल्क आर्जन गरेको थियो । 

पुनर्बिमा कमिसनबाट हुने आय समेत २१ करोड ६६ लाखबाट बढेर ३४ करोड ९६ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्प्नीले २ करोड ९९ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो दाबी भुक्तानी २ करोड १ लाखको हाराहारीमा थियो । 

समीक्षा अवधिमा कम्पनीले २५ करोड ६० लाख रुपैयाँ जीवन बिमा कोषमा तथा ४ करोड १८ लाख रुपैइाँ नाफा नोक्सान हिसाबमा सारेको छ । 

यो अवधिमा कम्पनीको कुल बिमा शुल्क आर्जन रकम ३५ करोड २४ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष २३ करोड ७ लाख मात्र थियो । हाल यो कम्पनीमा बिमालेखको कुल संख्या ३ लाख २१ ह्जार ९ सय ५२ पुुगेको छ । 

पहिलो त्रैमासमा सूूर्या लाइफको प्रतिसेयर आम्दानी ३१.३८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.७५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.०६ गुणा कायम भएको छ ।