काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस १९ गते आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ। 

वार्षिक साधारणसभा विराटनगरस्थित होटेल हैरिसन प्यालेसमा हुनेछ। सभाले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित कुल १३.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२.७ प्रतिशतले हुन आउने बोनस सेयर र ०.६६८४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ पुस ८ गतेसम्म कायम सेयरधनीमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।