काठमाण्डौ ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ। 

कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औँ वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित १२.७ प्रतिशत बोनस सेयर पारित गरेको थियो। सोही बोनस सेयर पुस ८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। 

कम्पनीले पुस ८ गतेपश्चात सेयर अभौतिकीकरण गरेका सेयरधनीको हकमा भने क्रमश उक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको जनाएको छ। 

यसैगरी हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई सेयर अभौतिकीकरण गराई आफ्नो बोनस सेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ। 

त्यस्त गत पुस ८ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीको हकमा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न अनुरोध गरेको छ। सो मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफूले सेयरधनीको सेयर रोक्कामा रहे वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्न आवश्यक पहलकदमी गर्नसमेत कम्पनीले अनुरोध गरेको छ।