काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा १ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

संस्थाको सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा संस्थाले १५५.६९ प्रतिशतले खुद नाफा बढाउन सफल भएको हो । गत वर्ष संस्थाले ५५ लाख ४५ लाख रुपैयाँमात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा संस्थाले सञ्चालन मुनाफा २ करोड २ लाख पुर्याउन सफल भएको छ । जब कि अघिल्लो वर्ष यही अवधिमा सञ्चालन मुनाफा ७० लाख रुपैयाँ रहेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ३ करोड ६९ लाख रुपैयाँ रहेको छ । गत वर्ष २ करोड १८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा संस्थाले ६८ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ लगानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी ९५ करोड ८० लाख रुपैयाँ लगानी गरेको थियो ।

संस्थाको रिजर्भको आकार १२ करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत वर्षको तुलनामा १३३.८३ प्रतिशतले बढी हो । गत वर्ष ५ करोड ४७ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी १० करोड ७९ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी ५२.५६ रुपैयाँ पुगेको छ ।