काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १ करोड १८ लाख रुपैयाँ रहेको छ। 

मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १६.५८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ४७ लाख ३७ हजार रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत २ करोड २ लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ५ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ३ करोड ६९ लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा १ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६८ करोड ६५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ०.१२ प्रतिशतले बढेर १२ करोड ८१ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार १२ करोड ७९ लाख रुपैयाँको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.९१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५९.५७ रुपैयाँ रहेको छ।