काठमाण्डौ । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँको कुल १६.१५३४ प्रतिशतले हुन आउने ३ करोड ४७ लाख ३६ हजार ८४२.११ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। जसमा १५.३४५७ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँबराबरको बोनस सेयर र ०.८०७६ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८४२.११ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइएको संस्थाले जनाएको छ।