काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको छैठौं वार्षिक साधारणसभाबाट सेयरधनीलाई डबल अफर दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ । 

चैत ३१ गते बिहीबार काठमाण्डौका कमलादिस्थित प्रज्ञा भवनमा बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र दुुई बैंकको प्राप्तिपछि कायम हुन आउने चुक्तापूँजीको ४० प्रतिशतको दरले हकप्रद सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

सभाले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्वीकृति समेत दिएको छ ।

यसैगरी, सेञ्चुरी बैंकको चुक्तापूँजी ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ र अन्य दुुई संस्था समेत प्राप्तिको प्रक्रियामा रहेका र कुल ४ कम्पनीको प्राप्तिबाट २ अर्ब चुक्तापुँजी थप हुनेछ । ४० प्रतिशत हकप्रद जारी गरेर समेत अपुुग पूँजी चालुु आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस दिएर पुर्याइने बैंकले जनाएको छ ।  चारवटै संस्था प्राप्तिपछि यो बैंकको शाखा सञ्जाल संख्या ९० वटा पुुग्नेछ ।