काठमाण्डौ । भैसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पताल र सेञ्चुरी कमर्सियल बैंक बीच स्वास्थ्य प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । 

सम्झौता अनुसार सेञ्चुरी बैंकका कर्मचारी, डेबिट, क्रेडिट र प्रि–पेड कार्डका उपभोक्तालाई विशेष सहुलियत प्रदान गरिने सहमति भएको छ । 

अस्पतालका महाप्रबन्धक विजय रिमाल र बैंकका चिफ मार्केटिङ्ग अफिसर रञ्जन खड्काले हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो ।

अस्पतालका महाप्रबन्धक विजय रिमालले स्वस्थ मानिसले आर्थिक उपार्जन र सक्रिय व्यवसायिक  जीवन जीउने भएकोले नेपाल मेडिसिटी अस्पतालले बैंकहरुसंग सहकार्यको पहल गरेको बताए । नेपाल मेडिसिटी अस्पतालले नागरिकहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरी स्वस्थ नेपाली अभियानलाई मूर्त रुप दिन बैंकहरु सहयोगी हुने विश्वास व्यक्त गरे ।

सेञ्चुरी बैंकका चिफ मार्केटिङ्ग अफिसर खड्काले बैंकका लाखौ ग्राहकहरुले मेडिसिटीमा सुविधायुक्त उपचार सुविधा प्राप्त गर्ने बताए । 

बैंकले आफ्नो कर्मचारीहरुको रोजगार पूर्व स्वास्थ्य परीक्षण, वार्षिक स्वास्थ्य परीक्षण तथा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवाका लागि नेपाल मेडिसिटी अस्पतालसंग  दीर्घकालीन सहकार्य गरिने बताए ।