काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । 

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले अस्पतालको ओपीडी लगायत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधिमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का र सुमेरु अस्पताल प्रा.लि.का अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरेका छन् । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।